शनिबार, जेठ ३०, २०८३

कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

सुर्खेत- कालिकोटमा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ।

National life

निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका-३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको हो।

घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरेको हो।

सिंहका अनुसार पहिरोमा परेर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ।

सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ।

Shivam cement

यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुई जना घाइते भएका छन् ।

प्रकाशित: Aug 14, 2020| 09:05 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।