बिहीबार, भदौ ११, २०८३

सिरहाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर– कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

विराटनगर– कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनी मंगलबार राति अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा साँझ ७ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि कोशी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका १ जना छन् ।

कोशी अस्पतालमा विहिबार दिउँसो मृत्यु भएका विराटनगर १५ का एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित: Aug 14, 2020| 06:52 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।