काठमाडौं– बाग्मती प्रदेशमा दुई हजार ३६३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार ५७७ जनामा संक्रमित छन्।
पछिल्लो २४ घण्टामा बाग्मतीमा थप १९६ जनामा कोरोना संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंमा १११, मकवानपुरमा ४३, ललितपुर तथा चितवनमा ११ ११, काभ्रेमा आठ, भक्तपुरमा पाँच, रामेछापमा तीन, सिन्धुलीमा दुई र नुवाकोट तथा दोलखामा एक एक जना छन्।
अहिलेसम्म प्रदेशमा ६२७ जना कोरोनामुक्त भएका छन् भने एक हजार ७१९ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।
यस्तो छ संक्रमितको जिल्लागत विवरण
काठमाडौं – १२७९
ललितपुर – १९०
भक्तपुर – १०८
रसुवा – १२
नुवाकोट – ६७
धादिङ – १५९
चितवन – १६६
सिन्धुली – ३९
मकवानपुर – १४३
रामेछाप – ५१
दोलखा –१९
काभ्रे – ५१
सिन्धुपाल्चोक – ७९
