बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने

पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पाउने

कोरोना भाइरस (कोभिड १९) परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै कर्णाली प्रवेश गर्न पाउने भएका छन्
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

सुर्खेत- कोरोना भाइरस (कोभिड-१९) परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै कर्णाली प्रवेश गर्न पाउने भएका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको ‘कर्णाली प्रदेश कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति’को बैठकले भदौ १ गतेदेखि लागू हुने गरि यस्तो निर्णय गरेको हो।

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदेशका मुख्य नाकाहरु सल्यानको कालिमाटी काल्चे तथा कपूरकोट, सुर्खेतको बबई र कुइने नाकाबाट आउने व्यक्तिको प्रवेशमा कडाइ गरिने छ। कर्णाली प्रवेश गर्ने व्यक्तिले ती नाकामा आफ्नो पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ।

यस्तै, देश भित्रबाट आएका र भारतबाट आएका नेपालीहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राखिने भएको छ। भारतबाट आउने नेपालीहरुलाई अनिवार्यरुपमा सीमानाकाको क्वारेन्टिनमा राखिने भएको छ, जसका लागि सिमानामा क्वारेन्टिनको संख्या थप गर्ने र मध्यपश्चिम विश्वविद्यालयको भवनलाई वैकल्पिक क्वारेन्टिनको रुपमा प्रयोग गरिने भएको छ।

पीसीआर रिपोर्ट भएपछि मात्रै जिल्ला बाहिरबाट कामदार ल्याउन पाइने छ।

यस्तै, कालिकोट, दैलेख र सल्यानमा आईसीयुको संख्या बढाइने भएको छ। बैठकले ती जिल्लामा आईसीयुको संख्या बढाउने निर्णय गरेको हो।

प्रकाशित: Aug 13, 2020| 20:38 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।