बिहीबार, भदौ ११, २०८३

विराटनगरमा भदौ ५ सम्म लकडाउन

कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले आगामी भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

विराटनगर– कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले आगामी भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ।

महानगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बिहीबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु भदौ ५ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

यसअघि महानगरपालिकाले पहिलो पटक साउन १६ गते मध्यरातिदेखि साउन ३० गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो।

विराटनगरमा कोरोना संक्रमण बढेकाले लकडाउन थप गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए। विराटनगरमा बिहीबारसम्म ४१४ जना कोरोना संक्रमित भएका छन्। यस्तै, ६९ जना डिस्चार्ज भएका छन् ।

मोरङका १४ स्थानीय तहमा लकडाउन

मोरङका १४ स्थानीय तहमा लकडाउन गरिएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि विराटनगरसहित सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे, उर्लाबारी, रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, जहदा, कटहरी, बुढीगंगा, केराबारी, मिक्लाजुङले लकडाउन गरेका छन्। 

प्रकाशित: Aug 13, 2020| 20:06 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।