बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेत प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, भदौदेखि वीरेन्द्रनगरमा निधेषाज्ञा

सुर्खेत प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, भदौदेखि वीरेन्द्रनगरमा निधेषाज्ञा

सुर्खेत प्रवेश गर्न अबदेखि कोरोना भाइरस (कोभिड-१९) पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

सुर्खेत- सुर्खेत प्रवेश गर्न अबदेखि कोरोना भाइरस (कोभिड-१९) पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार सुर्खेतमा संक्रमित बढ्न थालेको भन्दै पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो। 

रिपोर्ट नेगेटिभ आएको तीन दिनसम्म मात्रै प्रवेश गर्न पाइने छ। पीसीआर रिपोर्ट भए मात्रै सुर्खेतको बबई, कालिमाटी काल्चे र कुइने नाकाहरुबाट प्रवेश दिइने जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ।

यसैबीच, सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गतेदेखि निधेषाज्ञा लागु हुने भएको छ। भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा निधेषाज्ञा लागु गरिने प्रशासनले जनाएको छ।

बिहीबार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकको साउन ३२ गतेसम्म दैनिक उपभोग्य वस्तुहरु स्टक राख्न समय दिने र वीरेन्द्रनगरमा कम्तीमा पाँच दिन निधेषाज्ञा लगाउने निर्णय गरेको हो।

स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ति बढेकाले निषेधाज्ञा गर्नु परेको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए।

यो अवधिमा वीरेन्द्रनगर क्षेत्रका सबै वडामा आवतजावत बन्द र अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्य यातायातका साधनलाई रोक लगाइने छ। तर, स्वास्थ्य, एम्बुलेन्स, दमकल, शववाहन, विद्युत, दूरसञ्चार, खानेपानी लगायतका अत्यावश्यक सवारी सञ्चालन गर्न पाइने छ।

वीरेन्द्रनगरमा सेवाग्राहीको भीड हुने कार्यालयहरुमा साउन २५ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन्।

लकडाउन खुलेसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम बढेको छ। वीरेन्द्रनगरमा बुधबार १८ जना र बिहीबार १७ जना कोरोना संक्रमित थपिएका छन्। ३५ जना संक्रमितमध्ये पाँच जना समुदाय स्तरका, १७ जना विदेशबाट फर्किएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

यता वीरेन्द्रनगर नगरपालिकाले भोलि (शुक्रबार)देखि भदौ ५ गतेसम्म सम्पूर्ण सेवाप्रवाह बन्द गरेको छ। नगरमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै भदौ ५ गतेसम्मका लागि नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिने सूचना अधिकारी उत्तमप्रसाद आचार्यले जानकारी दिए।

नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले निर्णय गर्दै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित: Aug 13, 2020| 19:24 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।