पोखरा- गण्डकी प्रदेशमा आज (बिहीबार) साँझ थप ४ जनामा कोरोना पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका ४ जनाका कोरोना पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा लमजुङ, कास्की, पर्वत र नवलपरासीपूर्वका १-१ जना छन्।
उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ।
बिहीबार थपिएका संक्रमितसहित प्रदेशमा कुल संक्रमतिको संख्या १ हजार ६६० पुगेको छ।