बिहीबार, भदौ ११, २०८३

ओलीसँग छलफलपछि दाहाल–नेपाल समूहले बढायो सक्रियता

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप सक्रिय भएको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेलगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप सक्रिय भएको छ।

सहमति जुटाउन प्रधानमन्त्री ओलीसमक्ष आफूहरूले राखेका अडानबारे आफू निकटका नेताहरूलाई जानकारी दिन र आगामी रणनीति तयका लागि परामर्श गर्न दाहाल–नेपाल समूह सक्रिय भएको हो।

यसै क्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल बिहीबार आफू निकट ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफलमा जुटेका छन्।

दाहाल–नेपाल समूहले राजधानीको थापागाउँस्थित प्रेसिडेन्सियल कलेजको सभाहलमा आफू निकटका ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरिरहेका छन्।

नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले छलफल जारी रहेको जानकारी दिए।

उनले पार्टीभित्र देखिएको विवाद र अन्य समसामयिक विषयमा छलफल केन्द्रित रहेको बताए।

छलफलमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ सहभागी छन्।

दाहाल–नेपाल समूहले यसअघि बुधबार गण्डकी प्रदेशका आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए।

यसअघि बिहान बालुवाटारमा दुईअध्यक्षबीच ९ दिनपछि संवाद भएको थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्षद्वयबीचको वार्ता समाधानउन्मुख रहेको बताएका थिए।

अध्यक्षद्वयबीच शुक्रबार पनि वार्ता हुने कार्यक्रम छ।

 

प्रकाशित: Aug 13, 2020| 18:47 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।