बिहीबार, भदौ ११, २०८३

गहना ठगी गर्ने सुन्दरी

२९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– चिटिक्क जिउडाल। गोरो अनुहार। आकर्षक पहिरन। भद्र स्वभाव। मिठो बोली। स्कुटी चढेर गहना–पसलमा जाने।

महँगा–महँगा सुन तथा हीराको गहना छान्ने। भुक्तानी गर्दा चेक दिने। ती युवतीबारे धेरैले नकारात्मक सोच्न सक्दैनन्।

बैंकमा चेक साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको छ।

तिनै २९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको छ।

प्रहरीले उनलाई काठमाडौं नयाँ बानेश्वरका रन्जित श्रेष्ठको सुन पसलबाट करिब साढे चार लाख रुपैयाँ बराबरका सुनका गहना ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शारदाले झुक्याएर गहना ठगेकोमा उजुरी परेको छ। उनका अनुसार शारदाको स्थायी घर झापाको शान्तिनगर–६ हो।

श्रेष्ठको पसलबाट शारदाले डेढ तोलाको सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट १ थान, हीराको औठी १ थान र सुनको औंठी १ थान झुक्याएर लगेको कार्कीले जानकारी दिए।

‘उनको व्यक्तित्व हेर्दा ठगको मास्टरमाइन्ड होलिन् भनेर कल्पनासमेत गर्न सकिँदैन’, कार्कीले भने, ‘उनको विश्वासमा परेर चेक बुझेर बैंक जाँदा खातामा पैसा नहुने उजुरीमा उल्लेख छ।’

शारदाले राजधानीका न्युरोड, कालिमाटी लगायतका क्षेत्रमा थुप्रैलाई ठगी गरेको मौखिक जानकारी आएको कार्कीले बताए। उनले ठगीमा परेकालाई महाशाखाको सम्पर्कमा आउन पनि अनुरोध गरे।

शारदा यसअघि पनि चेक बाउन्समा बैंकिङ कसुरमा पक्राउ परेर छुटेको कार्कीले बताए। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु बुझाइएको छ।

प्रकाशित: Aug 13, 2020| 18:04 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।