काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआरका लागि स्वाब संकलन गरी रिपोर्ट नआउञ्जेल अन्य व्यक्तिको सम्पर्कमा नरहन सबैलाई आग्रह गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै परीक्षण पश्चात रिपोर्ट नआई अन्य व्यक्तिको सम्पर्कमा रहँदा संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले रिपोर्ट नआउञ्जेल आइसोलेट भएर बस्न सबैलाई आग्रह गरेको हो।
साथै रिपोर्ट आएपछि यदि पोजेटिभ देखिएमा आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई खबर गरी सचेत बनाउन पनि मन्त्रालयको अनुरोध छ । हालसम्म नेपालमा २४ हजार ९५७ जना कोरोना संक्रमित भइसकेका छन् ।