रुपन्देही– बुटवल उपमहानगरपालिका क्षेत्रभित्र आजदेखि ५ भदौसम्म लकडाउन गरिएको छ।
बुटवल उपमहानगरपालिकाको २८ साउनमा बसेको बैठकले आजदेखि ५ भदौसम्म लकडाउन गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्ने जानकारी दिए।
त्यस्तै दूग्ध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्नेछन्।
रासस