शनिबार, असोज १७, २०८३

एमालेको अवरोधका बीच संशोधित बजेट पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बचि प्रतिनिधिसभाबाट चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट पारित भएको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बचि प्रतिनिधिसभाबाट चालू आर्थिक वर्ष २०७८–०७९ को बजेट पारित भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले गएको भदौ २५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट पेस गरेकोमा उक्त बजेट आज पास भएको हो।

सभामुखले आजको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए। तर, नाराबाजीको बेवास्ता गर्दै सभामुखले बैठक अघि बढाए। झन्डै एक घण्टा चलेको बैठकभर एमाले सांसदहरुले नारबाजी गरिरहे। नाराबाजीकै बीच ध्वनि मतका आधारमा बजेट पास भएको घोषणा सभामुखले गरेका थिए। 

बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ। अध्यादेशको समय गत बुधबार सकिएपछि खर्चमा बन्देज लागेको थियो ।

अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयकमा सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालूतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ।

संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट अध्यादेश ल्याएका थिए। त्यसलाई प्रतिस्थापन गर्दै अहिलेका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका हुन्।

प्रकाशित: Sep 20, 2021| 12:22 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्