काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा दैनिक लगभग १०० जनामा कोरोना भाइरस संक्रमण भएको छ।
पछिल्लो एक सातामा उपत्यकामा ७०२ जनामा कोरोना संक्रमण भएको हो।
यो गत शुक्रबारदेखि आजसम्मको विवरण हो।
साताभरिमा सोमबार सबैभन्दा कम ४४ जना र बुधबार सबैभन्दा धेरै १३८ जना संक्रमित थपिएका छन्।
उपत्यकामा गत शुक्रबार १०६ जनामा कोरोना भाइरस संक्रमण भएको थियो भने शनिबार ६२ जना संक्रमित थपिएका थिए।
यस्तै आइतबार ९२ जना, सोमबार ४४ जना, मंगलबार १३३ जना, बुधबार १३८ जना र बिहीबार १२७ मा कोरोना भाइरस संक्रमण भएको छ।
अहिलेसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार ५७७ पुगेको छ।
काठमाडौंमा १,२७९, भक्तपुरमा १०८ र ललितपुरमा १९० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।