बिहीबार, भदौ ११, २०८३

४६० जना कोरोना संक्रमित घरमै

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा छन्।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

काठमाडौं– नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा छन्।

गण्डकी प्रदेशमा भने एक जना पनि होम आइसोलेसनमा नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश ५ मा १४५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिममा १०७ जना होम आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार कोभिड–१९ को उपचारका लागि नेपालमा जम्मा ९४२ आइसियु र ४९६ भेन्टिलेटर छन्।

प्रदेश १ मा आइसियुको संख्या ४३, प्रदेश २ मा ४५, बागमतीमा ६३०, गण्डकीमा १३७, प्रदेश ५ मा २९, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ छ ।

प्रदेश १ मा भेन्टिलेटरको संख्या १९, प्रदेश २ मा १७, बागमतीमा ३६१, गण्डकीमा ५९ प्रदेश ५ मा १३ कर्णालीमा १७ र सुदूरपश्चिममा १० गरी जम्मा ४९६ छ।

 

प्रकाशित: Aug 13, 2020| 17:03 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।