बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा महानगरको आर्थिक अनियमितताका विषयमा अनेरास्ववियूको मौन प्रदर्शन

पोखरा महानगरको आर्थिक अनियमितताका विषयमा अनेरास्ववियूको मौन प्रदर्शन

पोखरा– पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

पोखरा– पोखरा महानगरपालिकामा १३ करोड आर्थिक अनियमितता भएको भन्दै चौतर्फी आलोचना भइरहँदा सत्तारुढ दलकै अनेरास्ववियूको एक टोलीले मौन प्रदर्शन गरेको छ।

बिहीबार पोखरा महानगर परिसरमा भेला भएका उनीहरुले हातमा कुचो र ‘मेयर साहेब, १३ करोड खै ?’ लेखेको प्लेकार्ड बोकेर उभिए ।

त्यसपछि गेटदेखि कार्यालयको प्रवेश ढोकासम्म कुचोले बढारे । महानगर भ्रष्टाचार र अनियमितताको आहालमा डुबेकाले अब यसबाट सफा हुनुपर्छ भनेर संकेत स्वरुप कुचोले बढारेको अनेरास्ववियु निकटका सदस्यले जानकारी गराए ।

महानगरले अनियमितता छानविनका लागि छानविन आयोग नै बनाएर जनतालाई प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ ।

‘अनियमितता र भ्रष्टाचारबाट आजित भएर जनताले सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई भोट दिएका हुन् । झनै यसरी भ्रष्टाचारमा डुब्नु भनेको जनतालाई धोका हो । जनप्रतिनिधिको यस्ता हर्कतले भोलि पार्टीलाई नै घाटा निश्चित छ । नागरिकप्रति जनप्रतिनिधि उत्तरदायी हुनुपर्छ । यो अनियमिता कसरी हुन पुग्यो ? मेयर साबले तुरुन्त छानविन गर्नुपर्छ । जनताको उत्तर चित्तबुझ्दो हिसाबले दिनुपर्छ,’ ती सदस्यले भने ।

महानगरपालिका कार्यालयले १३ करोड रुपैयाँ हिनामिना नभएको स्पष्ट पार्दै १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब मिल्न बाँकी रहेको स्वीकार गरेको छ । महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष छानविन गरेर संलग्नलाई कडा कारवाही गर्ने बताइसकेका छन् ।

प्रकाशित: Aug 13, 2020| 16:54 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।