बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८ वर्षे युवासहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

१८ वर्षे युवासहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे छ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको थियो। उनको मृत्युको पुष्टि आज भएको हो। उनी क्षयरोग र मधुमेहका पीडित थिए।

त्यसैगरी धनुषाको मिथिला नगरपालिकाकी ८५ वर्षीया महिलाको साउन २८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

उता, अछामका १८ वर्षीय युवाको पनि साउन २८ गते नै मृत्यु भएको छ। उनी मुटुको बिरामी थिए।

त्यसैगरी विराटनगरमा ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा मृत्यु भएको छ। यनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए।

याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुगेकाे छ।

 

 

प्रकाशित: Aug 13, 2020| 16:45 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।