बिहीबार, भदौ ११, २०८३

विराटनगरमा ६० सहित प्रदेश १ मा ११५ संक्रमित थपिए

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६२६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

विराटनगर– प्रदेश १ मा बिहीबार ११५ जना कोरोना संक्रमित थपिएका छन्। विराटनगरमा ६० सहित मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र रामधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६२६ पुगेको छ । प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

विहिबार विराटनगरमा अहिलेसम्मकै धेरै संक्रमित देखिएका छन् । २ देखि वडा नं. १७ सम्मका ६० जना संक्रमित थपिएका हुन् ।

वडा नं. २ मा २, ३ मा ५, ५ मा ४, ६ मा ५, ७ मा २, ८ मा ६, ९ मा ९, १० मा ४, ११ मा २, १२ मा ८, १३ मा २, १६ मा १, १७ मा ४, वडा नखुलेका ६ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ ।

 

 

प्रकाशित: Aug 13, 2020| 15:30 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।