काठमाडौं- नेपाल फार्मेसी परिषद्को १५ औँ नाम दर्ता परीक्षा स्थगित भएको छ। भदौ १२ र १३ गतेका लागि तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमण बढेसंगै स्थगित गरिएको हो।
सरकारले लामो तथा मध्यम दूरीको यातायात सञ्चालन पुन रोक लागाउने निर्णय गरेपछि परीक्षा स्थगित भएको हो। परिषदले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ।
आगामी परीक्षामा सहभागी हुन् फार्मेसी सहायक र फार्मासिस्ट गरी करीब २ हजार २ सय बढीले फारम भरेका थिए।