बिहीबार, भदौ ११, २०८३

सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ

ठूलो मात्रामा सुन लुकाएको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा सुनका गहनाहरु फेला पारेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए।
 |  बिहीबार, साउन २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०७७

सुर्खेत- सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–३ बाट सुनका गहनासहित मानबहादुर सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

धारामुनी लुकाई सुनका विभिन्न गहनासहित बुधबार राति सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

ठूलो मात्रामा सुन लुकाएको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा सुनका गहनाहरु फेला पारेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए।

उनका अनुसार लुकाइ राखेको अवस्थामा दुई थान हातमा लगाउने कडा, १६ थान चुडा, चार थान श्रीफूल, पाँच थान झुम्का, तीन थान क्लिप र एक थान काँटा नियन्त्रणमा लिइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 13, 2020| 12:37 बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।