धनगढी निर्माणाधीन धनगढी–अत्तरिया ६ लेन सडक खण्डमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत भएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मोटरसाइकल दुर्घटनामा परी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर ८ का खेम सार्कीको मृत्यु भएको हो।
गएराति से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने उनले बताए।