बिहीबार, भदौ ११, २०८३

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना

बैंक तथा वित्तीय संस्थामा कोभिड-१९ संक्रमणको जोखिम बढिरहेका बेला नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा कोभिड-१९ संक्रमणको जोखिम बढिरहेका बेला नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको छ।

बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत सहायक तहको कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि उक्त विभागका कार्यरत सबै कर्मचारीहरुको पिसिआर टेस्टका लागि स्वाव संकलन गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।

संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालय बोलाएर अन्य कर्मचारीलाई घरबाटै काम गर्नेगरी कार्ययोजना बनाइएको भट्टले बताए।

यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो।

प्रकाशित: Aug 12, 2020| 20:40 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्