बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारीपछि युएईबाट फर्किए साढे १३ हजार नेपाली

कोरोना महामारीपछि युएईबाट फर्किए साढे १३ हजार नेपाली

कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन्।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं- कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन्।

जुन महिनादेखि मंगलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ।

सोही उडानमार्फत विभिन्न कारणबाट युएईमा ज्यान गुमाएका २६ नेपालीको शव नेपाल फर्काइएको छ। पछिल्लो पाँच महिनामा युएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन्।

तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको, ६९ वटा शवको युएईमै अन्त्येष्टि गरिएको र ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ। प्राकृतिक मृत्यु, कोरोना संक्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ।

दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण संकलन गर्न गत वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो। उक्त रजिष्ट्रेसन फारम भर्नेको संख्या हालसम्म ४२ हजार पुगेकोे छ।

यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको संख्या पनि करीब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ।

नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ।

हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापक केन्द्र (सिसिएमसी)का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मंगलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ।

त्यसरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन्। साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६०६, कतारबाट पाँच हजार ३२३, अष्ट्रेलियाबाट एक हजार ७८, जापानबाट एक हजार २३, दक्षिण कोरियाबाट ७२० र संयुक्त राज्य अमेरिकाबाट ५९१ जनाको उद्धार गरिएको छ।

आज २८३ फर्किए

दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन्। सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन्।

आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो।

अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो। रासस

प्रकाशित: Aug 12, 2020| 19:35 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।