बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २४ प्रतिशत नेपाली बीमाको पहुँचमा, ५ लाख ८० हजारले गरे कोरोना बीमा

२४ प्रतिशत नेपाली बीमाको पहुँचमा, ५ लाख ८० हजारले गरे कोरोना बीमा

५ लाख ८० हजारले कोरोना बीमा खरिद गरेका छन्। जसबाट ३३ करोड बीमा शुल्क संकलन भएको बीमा समितिले जनाएको छ। कोरोना बीमा गत वैशाख ७ गतेदेखि सन्चालनमा आएको हो।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– नेपालमा हालसम्म २४ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको छ। बीमा समितिका अनुसार गत आर्थिक वर्षमा ६ प्रतिशत जनतामा बीमाको पहुँच थपिएपछि २४ प्रतिशत पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा भने १८ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको थियो। समितिले वैदेशिक रोजगार म्यादी जीवन बीमा समेतलाई समावेश गर्दा गत आर्थिक वर्षमा करिब २६ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको भन्न सकिने जनाएको छ।

त्यस्तै नेपालको कुल गार्हस्थ्य उत्पादनमा बीमा क्षेत्रको योगदान ३.६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा बीमाको गार्हस्थ्य उत्पादनमा योगदान ३ प्रतिशतमात्र थियो।

समितिका अनुसार गत आर्थिक वर्षमा बाली तथा पशुपंक्षी बीमा १९ अर्ब २७ करोड ९७ लाख ६६ हजार रुपैयाँ बराबरको बीमा भएको छ। बाली तथा पशुपंक्षी बीमामा सरकारले प्रिमियममा ७५ प्रतिशतले छुट दिएको छ।

गत आर्थिक वर्षमा सो बीमाअन्तर्गत ८५ करोड ३८लाख ५२ हजार रुपैयाँ बीमा प्रिमियम शुल्क उठेको छ भने सरकारले ६४ करोड ३ लाख ८९ हजार रुपैयाँ प्रिमियम शुल्क अनुदान दिएको छ।

त्यसैगरी ५ लाख ८० हजारले कोरोना बीमा खरिद गरेका छन्। जसबाट ३३ करोड बीमा शुल्क संकलन भएको बीमा समितिले जनाएको छ। कोरोना बीमा गत वैशाख ७ गतेदेखि सन्चालनमा आएको हो।

प्रकाशित: Aug 12, 2020| 15:53 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्