बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भाइबरले स्पामसँग लड्न आफ्नो प्लेटफर्ममा नयाँ सुविधा सुरु गर्‍यो

भाइबरले स्पामसँग लड्न आफ्नो प्लेटफर्ममा नयाँ सुविधा सुरु गर्‍यो

विश्वमा भइरहेको परिवर्तन र मेसेजिङ्ग एपहरुले सञ्चारमा प्राप्त गरेको बृहत्तर भूमिकासँगै मानिसहरु पनि उनीहरुको सञ्जालको घेरा विस्तार गर्न निरन्तर लागिरहेको कम्पनीको भनाइ छ ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं– पैसा नलाग्ने र सहज सञ्चार आदानप्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले स्पामविरुद्ध लड्न, प्रयोगकर्ताहरुकोे गोपनीयता सुनिश्चित गर्न र अन्य प्रयोगकर्ताहरुलाई नामबाटै खोज्न सक्ने समेतका विभिन्न सुविधाको शुरुवात गरेको घोषणा गरेको छ। यो नयाँ खोजी क्षमतालाई थप गोपनीयता मापदण्डहरुका साथ संरक्षित गरिएको कम्पनीले जनाएको छ।

विश्वमा भइरहेको परिवर्तन र मेसेजिङ्ग एपहरुले सञ्चारमा प्राप्त गरेको बृहत्तर भूमिकासँगै मानिसहरु पनि उनीहरुको सञ्जालको घेरा विस्तार गर्न निरन्तर लागिरहेको कम्पनीको भनाइ छ ।

यसका साथै मानिसहरुले विष्फोटक रुपमा पहिलेको भन्दा अत्यधिक सूचना प्राप्त गरिरहेका छन् र त्यसै कारण स्पाम तथा अनावश्यक सूचनाका भारहरु निषेध गर्नु पनि ज्यादा महत्वपूर्ण भएको छ । आजको चुनौती भनेको अनलाइन कनेक्सनहरु फेला पार्नुमा नभई त्यसलाई सुरक्षित एवं गोप्य तरिकाले उपभोग गर्नु रहेको भन्दै भाइबरले यी नयाँ सुविधाहरुका साथमा जवाफ उपलब्ध गराएको बताएको छ ।

भाइबरले अब आफ्ना प्रयोगकर्ताहरुलाई कम्युनिटी र ग्रुप च्याटहरुमा कसले एड गर्न सक्छ भन्ने कुरामा नियन्त्रण राख्न सक्ने क्षमता दिएको छ । यो व्यवस्था तय गर्नलाई प्रयोगकर्ताले सेटिङसमा गएर प्राइभेसीको अप्सन परिवर्तन गर्नुपर्छ। यसका साथै अज्ञात प्रेषकहरुबाट भाइबरको नयाँ कम्युनिटी तथा ग्रुपमा आबद्ध हुनका लागि पठाइएका अनुरोधहरु स्वतः नै ‘न्यू मेसेज रिक्वेस्ट इन्बक्स’ मा गएर बस्छ, यसले गर्दा प्रयोगकर्ताहरुको मुख्य च्याट तालिकामा बोझ हुँदैन र नचाहिएका अनुरोधहरुबाट मुक्त रहन्छन् ।

भाइबरको नयाँ सुविधापछि प्रत्येक प्रयोगकर्ताको फोन नम्बर उनीहरु स्वयम्ले साझा नगरेसम्म गोप्य नै रहने, अनलाइन अवस्था लुकेको हुने र भ्वाइस र भिडियो कलहरु गर्न नमिल्ने हुनेछ।

प्रकाशित: Aug 12, 2020| 15:47 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्