बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्ट दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित

एफवान सफ्ट दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित

 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

काठमाडौं । सफ्टवेयर कम्पनी एफवान सफ्ट इन्टरनेशनल दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित भएको छ ।

यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार भएको कम्पनीले जनाएको छ ।  

एफवान सफ्ट गु्रप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गरेको बताए ।

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी रहेको दाबी कम्पनीको छ । एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ ।

यसको एक करोड व्यक्तिले प्रयोग गर्ने गरेको कम्पनीले जनाएको छ ।  कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको पनि जनाएको छ । 

प्रकाशित: Aug 12, 2020| 15:27 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्