काठमाडौं- काठमाडौंको टेकु घर भएकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ७६ वर्षीया बृद्ध महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना परिक्षणको रिपोर्ट भने आज (बुधबार) बिहान मात्रै आएको हो ।
ज्वरो, पखाला र वान्ताको समस्या देखिएपछि उनी पाटन अस्पताल भर्ना भएकी थिइन् । उनलाई यही साउन २६ गते पाटनले किस्ट अस्पतालमा रिफर गरेको थियो । उनलाई आईसीयुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।
अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै किस्ट अस्पतालसम्म पुगेको अस्पतालले जनाएको छ ।
मंगलबार राती नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ । यो सँगै ललितपुरमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ भने देशभर ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।