सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ।

भ्याक्सिनबारे जानकारी नै नभएकाले त्यसको मूल्यांकन गर्ने कुरै नआउने डब्लुएचओको भनाइ छ।

गत हप्ता डब्लुएचओले रुसलाई कोरोनाको भ्याक्सिन बनाउँदा डब्लुएचओले तयार गरेको अन्तर्राष्ट्रिय मापदण्ड पालन गर्न भनेको थियो।

डब्लुएचओ अन्तर्गतको प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘ब्राजिलले पनि कोरोना भ्याक्सिन उत्पादन सुरु गर्ने भनेको छ। तर, ट्रायल पूरा नगरी उत्पादनमा जान मिल्दैन।’

भ्याक्सिन बनाउने जोकोहीले त्यसको विश्वसनीयतामा ध्यान दिनुपर्ने र डब्लुएचओले त्यसलाई सिफारिस गर्नुपर्ने उनको भनाइ थियो।

बीबीसी

सम्बन्धित समाचार

 

 

 

प्रकाशित: Aug 12, 2020| 06:01 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।