बिहीबार, भदौ ११, २०८३

सेयर बजारमा करेक्सन, परिसूचक ६.६१ अंकले घट्यो

यसदिन ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै २४ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

सेयर बजार परिसूचक आज मंंगलबार ६.६१ अंकले घटेको छ। सोमबार ३६ अंकले बढेको बजार मंगलबार भने घटेको हो। आज दिनभर १९० वटा कम्पनीको एक अर्ब २७ करोडभन्दा बढीको कारोबार भएको छ ।

यसदिन म्युचुअल फन्डको परिसूचक बाहेक सम्पूर्ण सूचक ओरालो लागेका छन् । सोमबार म्युचुअल फन्ड ओरालो लागेको थियो भने बाँकी सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको थियो।

यसदिन ४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै २४ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यसदिन धेरै कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी छ । कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै धेरै कारोबार गर्नेहरुमा अजोड इन्स्योरेन्स, एनआइसी एशिया बैंक, एनएमबी बैंक लगायत छन् ।

मंगलबार सबैभन्दा बढी गुमाउनेमा नेपाल फाइनान्स, कालिका माइक्रोफाइनान्स, गुराँस लघुवित्त, नेपाल सेवा लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त लगायत छन् ।

 

प्रकाशित: Aug 11, 2020| 16:10 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्