बिहीबार, भदौ ११, २०८३

लिबर्टी इनर्जीले ३ भदौदेखि सेयर निष्कासन गर्ने

लिबर्टी इनर्जी कम्पनीले ३ भदौदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं– लिबर्टी इनर्जी कम्पनीले ३ भदौदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने तयारी गरेको हो।

लम्जुङमा निर्माणाधिन आयोजनाको सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्य बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ।

स्थानीयबासीका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार ९३० कित्ता सेयर बिक्री भएको छैन। यसलाई पनि गाभेर सेयर निष्कासन गरिने लिबर्टी इनर्जीले जनाएको छ।

सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमा १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म सेयर खरिद गर्न पाउने छन्।

आयोजनाबाट चालू आर्थिक वर्षभित्र विद्युत् उत्पादन सुरु हुने जनाइएको छ।

प्रकाशित: Aug 11, 2020| 14:28 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्