काठमाडौं– भदौ दोस्रो सातादेखि हुने भनिएको त्रिवि व्यस्थापन संकायका स्नातक र स्नातकोत्तर तहका विविध कार्यक्रम र सत्रका सत्रान्त परीक्षा स्थगित गरिएको छ।
संकायले यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको थियो।
व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाद्वारा सोमबार जारी सूचनामा भनिएको छ, ‘हाल कोभिड–१९ को महामारी बढिरहेको र जिल्ला प्रशासन कार्यालयहरूबाट विभिन्न जिल्लामा निषेधाज्ञासमेत जारी भएकाले यस संकायका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’