बिहीबार, भदौ ११, २०८३

सोमबार ३७.७४ अंकले बढ्यो नेप्से

सेयर बजार परिसूचक (नेप्से) आज (सोमबार) ३७.७४ अंकले उकालो लागेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- सेयर बजार परिसूचक (नेप्से) आज (सोमबार) ३७.७४ अंकले उकालो लागेको छ।

आज म्याचुअल फण्ड समूहबाहेक सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ। यसदिन सबैभन्दा निर्जीवन बिमा समूहको परिसूचक उकालो लागेको छ। निर्जीवन बिमा कम्पनीको परिसूचक सोमबार २८३.०८ अंकले उकालो लागेको नेप्सेले जनाएको छ।

यसदिन होटल समूहको सूचक ५८.१ बैकिङ ३२.९३, कारोबार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत २३.२३, फाइनान्स ७.६७, जिवन बिमा २२३.१५, उत्पादनमूलक ५४.८६, अन्य १२.६३ र लघुवित्त ७१.५७ अंकले उकालो लागेको छ।

सोमबार कारोबारमा आएका दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्नेसम्मको कारोबार भएको छ।

त्यसैगरी, घोडीघोडा लघुवित्त, एभरेष्ट इन्स्योरेन्स र सांग्रीला डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यसदिन सबैभन्दा बढी गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर रहेको छ। बढेको बजारमा पनि यस कम्पनीले ५.७० प्रतिशतले गुमाएको छ।

सोमबार १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: Aug 10, 2020| 16:07 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्