बिहीबार, भदौ ११, २०८३

प्रदेश १ मा ४२ कोरोना संक्रमित थपिए, ९९ डिस्चार्ज

प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४६५ पुगेको छ ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

विराटनगर– प्रदेश १ मा सोमबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४६५ पुगेको छ ।

प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ ।

प्रदेश १ मा सोमबार १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

 

 

प्रकाशित: Aug 10, 2020| 15:04 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।