शनिबार, चैत ७, २०८२

सेभियासँग बार्सिलोनाको बराबरी

एजेन्सी– लिग लिडर बार्सिलोना ला लिगा अन्तर्गतको गएराति सम्पन्न खेलमा सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ। सेभियाको मैदान सामोन सान्चेज पिजुआनमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न सकेनन्।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

एजेन्सी– लिग लिडर बार्सिलोना ला लिगा अन्तर्गतको गएराति सम्पन्न खेलमा सेभियासँग गोलरहित बराबरीमा रोकिएको छ। सेभियाको मैदान सामोन सान्चेज पिजुआनमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न सकेनन्।

National life

बराबरीसँगै दुवै क्लबले एक–एक अंक बाँडेका छन्। शीर्षस्थानको बार्सिलोनाको ६५ अंक छ भने तेस्रो स्थानको सेभियासँग ५२ अंक छ।

दोस्रो स्थानको अर्को लिग दावेदार रियल मड्रिडको ६२ अंक छ। अबको खेलमा रियलले जित निकाल्न सके उसले लिग लिडरसँग समान अंक बनाउने छ।

गएराति नै सम्पन्न अर्को खेलमा मालोर्काले लेगानेससँग एक÷एक गोलको बराबरी खेलेको छ। मालोर्काको घरेलु मैदानमा सम्पन्न खेलमा राल्वा सेभियाले खेलको नवौं मिनेटमो गोल गरेका थिए।

८७ औं मिनेटमा लेगानेसका ओस्कार रोड्रिगेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै अंक बाँडेका दुवै टोली रेलिगेसन जोनमा छन्। २४ अंकका साथ लेगानेस पुछारमा छ भने २६ अंकका साथ मालोर्का पुछारबाट तेस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

त्यस्तै अर्को खेलमा ग्रानाडा भिल्ला रियलसँग १–० गोल अन्तरले पराजित भएको छ। भिल्लाका गेरार्ड मोरेनोले जितका लागि निर्णायक गोल गरे। जितसँगै भिल्लाले ४७ अंक बनाएर सातौँ स्थानमा छ भने ४२अंक जम्मा गरेको ग्रानाडा नवौं स्थानमा छ।

आजका खेल
एस्पानोयल र लेभन्टे, राति पौने ८ बजे
एथ्लेटिक क्लब र रियल बेटिस, राति पौने ९ बजे
गेटाफे र आइबर, राति सवा ११ बजे
एट्लेटिको मड्रिड र भाल्लाडोलिड, राति पौने २ बजे

प्रकाशित: Jun 20, 2020| 07:32 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।