काठमाडौं- कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बागमती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाँबायाँ पाँच/पाँच सय मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
उनका अनुसार निषेधाज्ञा ३२ गते राति १२ बजेसम्म रहनेछ।
मकवानपुरमा आइतबारसम्म ८३ जनामा कोरोना संक्रमण भएको छ।