बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणकाजी भन्छन्– पार्टीमा खुला छलफल हुन नसक्दा विवाद जटिल बन्यो

नारायणकाजी भन्छन्– पार्टीमा खुला छलफल हुन नसक्दा विवाद जटिल बन्यो

सत्तारूढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादमा खुला छलफल हुन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– सत्तारूढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादमा खुला छलफल हुन नसक्दा समस्या जटिल बन्दै गएको बताएका छन्।

उनले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सीधा, खुला र स्पष्ट रुपमा छलफल गरी सकारात्मक निकास निकाल्न आग्रह गरेका छन्।

प्रवक्ता श्रेष्ठले केही बेरअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सीधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति हो। त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ।’

उनले पार्टी एकताको रक्षा र समाजवाद उन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न अपिल गरेका छन्। उनले भनेका छन्, ‘अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पु¥याउन वैचारिक, सैध्दान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागत रूपमा सीधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ।’

प्रवक्ता श्रेष्ठले ‪कम्युनिस्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु–गराउनु रहेकाले त्यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो सर्त स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘कम्युनिस्ट पार्टीभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ। अन्तरसंघर्षलाई स्वस्थ र रूपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यबस्थापन, परिचालन एवं ‬‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उद्देश्यमा योगदान पुर्याउँछ।’

प्रकाशित: Aug 10, 2020| 13:57 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।