बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पताल बन्द

पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कपिलवस्तु जिल्ला अस्पताल बन्द

अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

भैरहवा– कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको जिल्ला अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ।

अस्पतालका फाँट प्रमुख, चिकित्सक र सरोकारवालाहरुको बैठक निर्णयअनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिम रहेकाले स्वाब संकलन गरी पठाएपछिको रिपोर्ट नआउँदासम्म अस्पताल बन्द गरिएको जनाइएको छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ। अस्पतालको अति आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहने जानकारी गराइन्छ।’

सोही अस्पतालमा कार्यरत एक जना नर्स २ महिनाअघि संक्रमित भएकी थिइन्। अहिले नर्स, ल्याबका कर्मचारी, एक्सरे र ओपीडीमा काम गर्ने कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Aug 10, 2020| 12:59 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।