बिहीबार, भदौ ११, २०८३

बोक्सीको आरोपमा छिमेकीले गराए दम्पतीको हत्या

कञ्चनपुरमा बोक्सीको आरोपमा छिमेकीले एक दम्पतीको हत्या गरेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– कञ्चनपुरमा बोक्सीको आरोपमा छिमेकीले एक दम्पतीको हत्या गरेका छन्।

छिमेकी प्रकाश ऐरले अर्का व्यक्तिलाई चार लाख रुपैयाँ दिएर बेलौरीका ६२ वर्षीय घनश्याम खाती र पत्नी बालादेवीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

शुक्रबार राति भएको आक्रमणमा बालादेवीको घटनास्थलमै र घनश्यामको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो।

प्रहरीका अनुसार छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद थियो।

‘प्रकाशले तन्त्रमन्त्र गर्ने एक व्यक्तिलाई चार लाख रुपैयाँ दिएर खाती दम्पतीको हत्या गर्न लगाएको पाइयो’, स्रोतले भन्यो, ‘हत्यारालाई पक्राउ गरिएको छ।’

प्रहरीका अनुसार हत्यामा संलग्न कञ्चनपुरकै वाणीका थारु समुदायका हुन्। उनले आफू तान्त्रिक व्यक्ति भएको बताएका छन्।

ती व्यक्तिले आफूले वाण प्रहार गरेर खाती दम्पतीको हत्या गरेको बताएको स्रोतले बतायो।

घटना अनुसन्धानमा कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी खटिएका थिए।

प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने कार्यक्रम छ।

प्रकाशित: Aug 10, 2020| 12:26 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।