बिहीबार, भदौ ११, २०८३

गण्डकीमा कोरोना संक्रमितको संख्या १,६२० पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६२० पुगेको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६२० पुगेको छ। विगत २४ घण्टामा ६०९ नमुना परीक्षण गर्दा आठजनामा संक्रमण भएको हो।

क्षयरोग उपचार केन्द्रमा ५६३ गर्दा आठजनामा संक्रमण पुष्टि भएको र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४६ नमुना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पछिल्लोपटक संक्रमित हुनेमा नवलपरासी पूर्वका दुई, पर्वतका एक, स्याङ्जाका एक, कास्की र तनहुँका दुई दुई जना छन्। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ४७० पुगेको छ।  

पछिल्लो २४ घन्टामा कास्कीबाट ७ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्।

प्रकाशित: Aug 10, 2020| 11:40 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।