बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ, एम्बुलेन्स र दमकलबाहेक केही पनि छिर्न नदिइने

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ, एम्बुलेन्स र दमकलबाहेक केही पनि छिर्न नदिइने

पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसिआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ।

पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ। नागढुंगा र साँगा नाकामा जाँच कडा पारिएको र अत्यावश्यक बाहेकका सवारी प्रवेश गर्न नदिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए।

उनका अनुसार पीसीआर परीक्षणको रिपोर्टबिना प्रहरीको आँखा छलेर जंगलको बाटोबाट उपत्यका प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्न थालिएको छ। एम्बुलेन्स, दमकल र खाध्यान्नका सवारी भने सामान्य जाँचपछि पठाइएको उनले बताए।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको बताए। साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई रोक लगाएको उनले बताए।

उनका अनुसार विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई समेत रोक लगाइएको छ।

प्रहरीले राति ९ बजेभित्र सम्पूर्ण नागरिकलाई आफ्नो घर पुगिसक्न आह्वान गरेको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न र पैदल यात्रुलाई समेत रोक लगाइएको छ।

लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेको भीडसँंगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये उपत्यका बाहिरबाट आउने ६३ प्रतिशत छ ।

प्रकाशित: Aug 10, 2020| 11:34 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।