बिहीबार, भदौ ११, २०८३

खानेपानी संस्थान बुटवलका प्रमुख घुससहित पक्राउ

नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

बुटवल- नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह घुससहित पक्राउ परेका छन्।

इन्जिनियर समेत रहेका साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पक्राउ गरेको हो।

केन्द्रीय कार्यालय टंगालबाट खटिएको अख्तियारको टोलीले उनको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौंको ल्याएर थप अनसन्धान गरिराखिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित: Aug 10, 2020| 10:17 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।