धनगढी- कञ्चनपुरमा कुटपिट गरी पत्नी हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन्।
बेल्डाँडी गाउँपालिका–२, चन्दन बस्तीका अन्दाजी २७ वर्षीया पत्नी दुरा धामीको हत्या आरोपमा ३६ वर्षीय तारा धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार तारालाई कुटपिट गरी पत्नीको हत्या गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेको बताए।