बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्युपछि गरियाे परीक्षण

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्युपछि गरियाे परीक्षण

पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

वीरगन्ज- पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि आइतबार स्वाव संकलन गरेर गरिएको परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको समस्याबाट ग्रसित उनलाई श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा सिंह बताए ।

यो सँगै साउनमा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । देशभर अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ । आइतबार २ जना, शनिबार ३ जना, शुक्रबार ५ जना र बिहीबार ५ जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

प्रकाशित: Aug 10, 2020| 09:09 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।