काठमाडौं- सरकारले साउन ७ गतेबाट लकडाउन खोलेसँगै कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ ।
लकडाउन खुलेपछिको १९ दिनमा ४ हजार ९ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ । साउन ६ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ९४ थियो भने ४० जनाको मृत्यु भएको थियो ।
लकडाउन खुलेपछि एकै दिनमा ४ सयभन्दा बढि संक्रमित थपिन थालेका छन् भने एकै दिनमा ५ जनासम्मको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ भने कोरोनाकै कारण ७५ जनाको मृत्यु भएको छ ।
तीमध्ये अहिलेसम्म १६ हजार ३ सय ५३ जना निको भइसकेका छन् भने अझै ६ हजार ५४४ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
लकडाउन खुलेपछि कहिले कति संक्रमित थपिए ? कतिको मृत्यु ?
साउन ७ गते
संंक्रमित– १००
मृत्यु– २
साउन ८ गते
संंक्रमित– १४७
मृत्यु– १
साउन ९ गते
संंक्रमित– १३३
मृत्यु– १
साउन १० गते
संंक्रमित– १०९
मृत्यु– १
साउन ११ गते
संंक्रमित– १३०
मृत्यु– ०
साउन १२ गते
संंक्रमित– १३९
मृत्यु– ३
साउन १३ गते
संंक्रमित– ३११
मृत्यु– १
साउन १४ गते
संंक्रमित– २१०
मृत्यु– ०
साउन १५ गते
संंक्रमित– २७४
मृत्यु– ३
साउन १६ गते
संंक्रमित– २२४
मृत्यु– ४
साउन १७ गते
संंक्रमित– ३१५
मृत्यु– ०
साउन १८ गते
संंक्रमित– २४६
मृत्यु– १
साउन १९ गते
संंक्रमित– ४१८
मृत्यु– ०
साउन २० गते
संंक्रमित– २५९
मृत्यु– १
साउन २१ गते
संंक्रमित– ३८१
मृत्यु– २
साउन २२ गते
संंक्रमित– ३६०
मृत्यु– ५
साउन २३ गते
संंक्रमित– ४६४
मृत्यु– ५
साउन २४ गते
संंक्रमित– ३७८
मृत्यु– ३
साउन २५ गते
संंक्रमित– ३८०
मृत्यु– २