बिहीबार, भदौ ११, २०८३

कोरोना संक्रमितको संख्या २ करोड, ५ प्रतिशतको मृत्यु

सक्रिय संक्रमितको संख्या ६३ लाख ९० हजार ५०८ छ।
 |  सोमबार, साउन २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०७७

गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक पहिचान भएको कोरोना भाइरस (पछि कोभिड–१९ नाम दिइएको) बाट संक्रमित हुनेको संख्या विश्वभर २ करोड नाघेको छ।

आज (सोमबार) बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट २ करोड २१ हजार ३२१ जना संक्रमित भइसकेका छन्।

संक्रमितमध्ये ७ लाख ३३ हजार ९१८ जनाको मृत्यु भइसकेको छ। यो संख्या कुल संक्रमितको ५ प्रतिशत हो।

६४ हजार ६६६ जना अहिले पनि गम्भीर बिरामी छन्। त्यसैगरी ६३ लाख २५ हजार ८४२ जना मध्यम स्तरका बिरामी छन्। सक्रिय संक्रमितको संख्या ६३ लाख ९० हजार ५०८ छ।

कुल संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८९५ जना भने संक्रमणमुक्त भइसकेका छन्। यो संख्या कुल संक्रमितको ९५ प्रतिशत हो।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका छ। त्यहाँ ५१ लाख ९९ हजार ४४४ जना संक्रमित भएकोमा १ लाख ६५ हजार ६१७ जनाको ज्यान गएको छ।

दोस्रो प्रभावित ब्राजिलमा ३० लाख ३५ हजार ५८२ जना संक्रमित हुँदा १ लाख १ हजार १३६ जनाको मृत्यु भएको छ।

तेस्रो नम्बरमा भारत छ। त्यहाँ २२ लाख १४ हजार १३७ जना संक्रमित भएकोमा ४४ हजार ४६६ जनाको ज्यान गएको छ।

नेपालमा २२ हजार ९७२ जना संक्रमित हुँदा ७५ जनाको मृत्यु भएको छ। १६ हजार ३५३ जना संक्रमणमुक्त भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ छ।

तथ्यांक स्रोत : वर्ल्डओमिटर

प्रकाशित: Aug 10, 2020| 07:36 सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।