बिहीबार, भदौ ११, २०८३

७ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- गृह मन्त्रालयले सातवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा तथा पदस्थापन गरेको छ।

गृहले मन्त्रीस्तरको निर्णय अनुसार रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका सीडीओको आइतबार सरुवा तथा पदस्थापन गरेको हो।

गृहले जारी गरेको सूचना अनुसार रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मुस्ताङमा हीरादेवी पौडेल, प्युठानमा खिमराज भुसाल, मनाङमा ध्रुव गिरी र रुकुम पूर्वमा राजकुमार राईको सरुवा तथा पदस्थापन गरेको उल्लेख छ।

प्रकाशित: Aug 09, 2020| 22:52 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।