बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : तीन जिल्लाका होटेल र अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गरिने

प्रदेश १ : तीन जिल्लाका होटेल र अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गरिने

प्रदेश १ का कोरोना भाइरस (कोभिड १९) प्रभावित तीन जिल्लाका होटेलमा आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

विराटनगर– प्रदेश १ का कोरोना भाइरस (कोभिड-१९) प्रभावित तीन जिल्लाका होटेलमा आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ।

मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आइतबार बसेको प्रदेश १ को कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले झापा, मोरङ र सुनसरीका एक÷एक वटा होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएकाले निजी अस्पताल र होटलमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए।

झापा, मोरङ र सुनसरीमा मात्र आइतबारसम्म एक हजार १५८ जना संक्रमित भएका छन्। तीन जिल्लामा पनि मोरङका संक्रमित ५७१ छन्।

सीसीएमसी बैठकले लक्षणविहीन कोरोना संक्रमितका लागि स्थानीय तह समेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५०, जनता क्याम्पस रंगेलीको भवनमा १०० र सुनसरीको हरिनगर गाउँपालिकाको जेनरल अस्पतालमा ५० तथा बराहक्षेत्र नगरपालिकाको कृष्णदास आश्रममा १०० बेडको आइसोलेसन केन्द्र थप गर्ने निर्णय गरिएको छ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको लकडाउन हटाएपछि कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणसम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरिएको छ।

प्रकाशित: Aug 09, 2020| 19:26 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।