बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा कोरोना संक्रमितको संख्या १,७७४ पुग्यो, उपत्यकामा १,१३५ जनामा संक्रमण

बागमतीमा कोरोना संक्रमितको संख्या १,७७४ पुग्यो, उपत्यकामा १,१३५ जनामा संक्रमण

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७७४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १३५ जनामा संक्रमण भएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७७४ पुगेको छ। काठमाडौं उपत्यकामा मात्र एक हजार १३५ जनामा संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप संक्रमितमा काठमाडौंका ९०, मकवानपुरका २३, सिन्धुलीका आठ, चितवनका सात, नुवाकोटका चार, ललितपुरका दुई, धादिङका एक, रामेछापका एक र सिन्धुपाल्चोकका एक जना छन्।

अहिलेसम्म प्रदेशमा ६०३ जना कोरोनामुक्त भएका छन् भने एक हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ११ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

यस्तो छ संक्रमितको जिल्लागत विवरण

काठमाडौं – ९१३
ललितपुर – १३८
भक्तपुर – ८४
रसुवा – १२
नुवाकोट – ५८
धादिङ – १४६
चितवन – १३६
सिन्धुली – ३५
मकवानपुर – ८३
रामेछाप – ४५
दोलखा –१५
काभ्रे – ३३
सिन्धुपाल्चोक – ७६

 

प्रकाशित: Aug 09, 2020| 19:25 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।