बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको नयाँ कार्ययोजना सार्वजनिक, कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर

प्रहरीको नयाँ कार्ययोजना सार्वजनिक, कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर

नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य बनाउन तयार गरिएको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य बनाउन तयार गरिएको कार्ययोजना-२०७७ सार्वजनिक गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गरेका छन्।क्षेत्रीले कार्ययोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्न स्थापित ‘कार्ययोजना कार्यान्वयन कक्ष’को विद्युतीय माध्यमबाट शुभारम्भसमेत गरे।

नेपालको संविधान वमोजिम संगठनको पुनःसंरचना, सुदृढीकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्गनिर्देशन गर्नु कार्ययोजनाको मुख्य उद्देश्य रहेको क्षेत्रीले बताए।

कार्ययोजना १४ वटा विशेष लक्ष्य र १५७ वटा क्रियाकलापहरू समेटेर तयार गरिएको छ।

क्षेत्रीले नेपाल प्रहरीलाई पद्धतिगतरुपमा अग्रगमनमा लैजान कार्ययोजना सहयोगी हुने विश्वास व्यक्त गरे।

सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्ने अवधारणाअनुरुप कार्ययोजना तय गरिएको उनले बताए।

सोही अवसरमा महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी प्रधान कार्यालयस्थित विभागीय प्रमुखहरु, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरे।

साथै उनले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग भिडियो कन्फ्रेन्समार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरे।

 

प्रकाशित: Aug 09, 2020| 18:36 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।