बिहीबार, साउन २१, २०८३

त्रिवि इन्जिनियरिङ संकायको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इन्जिनियर अध्ययन संस्थान अन्तर्गतको स्नातक र स्नातकोत्तर तहका परीक्षा स्थगित गरिएका छन्।

संस्थान अन्तर्गतको डिनको कार्यालयले आज (आइतबार) सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण भदौ तेस्रो साताबाट सञ्चालन हुने परीक्षा स्थगित गरेको जनाएको हाे।

संस्थानको परीक्षा नियन्त्रण महाशाखाले यही साउन १५ गते सूचना प्रकाशित गरी स्नातक र स्नातकोत्तर तहका परीक्षा क्रमशः भदौ अन्तिम तथा तेस्रो साता सञ्चालन हुने जनाएको छ।

“हाल कोभिड १९ महामारी कायमै रहेकाले इन्जिनियर अध्ययन संस्थान अन्तर्गतका स्थगित परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षा हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।

भदौ १ गतेदेखि अनलाइन कक्षा

आगामी भदौ १ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। संस्थानको शैक्षिक क्यालेन्डरमा थप क्षति नपुर्याउन कक्षा सञ्चालन गर्न लागिएको बताइएको छ।

अनलाइन कक्षाको रुटिनलगायत विषयमा जानकारीका लागि सम्बन्धित क्याम्पस तथा कलेजमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ।

 

प्रकाशित: Aug 09, 2020| 18:24 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्