बिहीबार, भदौ ११, २०८३

परराष्ट्रले भन्यो– बुद्ध जन्मभूमिबारे विवाद छैन

परराष्ट्र मन्त्रालयले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य संसारलाई अवगत भएको बताएको छ।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

काठमाडौं– परराष्ट्र मन्त्रालयले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य संसारलाई अवगत भएको स्पष्ट पारेकाे छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गौतम बुद्ध लुम्बिनीमा जन्मिएको तथ्य कसैले अस्वीकार गर्ने विषय नभएको स्पष्ट पारेकाे  हो।

‘ऐतिहासिक तथा पुरातात्विक तथ्यले बुद्ध नेपालमा जन्मिएको पुष्टि भइसकेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यही तथ्यका आधारमा लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आएको बेला नेपाल बुद्धको जन्मथलो भएको भन्दै संसदमा बोलेको कुरालाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रालयले बुद्धको ज्ञान नेपालबाट संसारमा छरिएको र जन्मभूमिको विषय विवादित नभएको जनाएको छ।

शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै गौतम बुद्ध महान भारतीय भएको बताएका थिए।

 

प्रकाशित: Aug 09, 2020| 18:19 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।